रक्षा सचिव लम्सालद्वारा जङ्गीअड्डाको निरीक्षण


काठमाडौं–रक्षा मन्त्रालयका नवनियुक्त सचिव विष्णुप्रसाद लम्सालले जंगी अड्डाको निरीक्षण भ्रमण गरेका छन्।

उनलाई बुधबार नेपाली सेनाका बलाध्यक्ष रथी हेमन्तराज कुँवरले जंगीअड्डामा स्वागत गरे।

रक्षा सचिव लम्साललाई वर्तमान बस्तुस्थिति, नेपाली सेनाको संगठनात्मक संरचना, जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य लगायत नेपाली सेना सम्बन्धी अन्य विविध विषयमा सम्बन्धीत विभागका रथीबृन्द तथा अधिकृतहरुबाट प्रस्तुतिकरण भएको थियोे।

प्रतिक्रिया दिनुहोस
Advertisement