आगलागी नियन्त्रण गर्दै नेपाली सेना


काठमाडौं – काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिका वडा न. ७ दक्षिणढोकास्थित कपास उद्योगमा लागेको आगो नेपाली सेनाले नियत्रणमा लिएको छ ।

भारतीय कलाम फसनले सञ्चालन गरेको कपास उद्योग र देव बहादुर कार्कीले सञ्चालन गरेको काठ मिलमा बुधबार केलुकी लागेको आगो नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, जुद्ध बारुण तथा स्थानीयहरुको सहयोगमा करिब ४ घण्टाको अथक प्रयासबाट नियन्त्रणमा लिईएको थियो ।

विद्युत सर्टका कारण कपास उद्योगमा आगलागी भएको थियो । आगलागीबाट मानवीय क्षति नभएपनि करिब १ करोड २० लाख बराबरको धनमाल क्षति भएको प्ररम्भिक अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement