नेपाली सेनाले सञ्चालन गरेको ५ दिने रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सम्पन्न


सुर्खेत – नेपाली सेनाले सञ्चालन गरेको पाँच दिने रक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । माघ १९ गतेदेखि उत्तर पश्चिम पृतना हेडक्वाटर सुर्खेतमा सञ्चालन भएको ५ दिने कार्यक्रम आज हेडक्वाटरका पृतनापति उपरथी सरोज प्रताप राणाले एक कार्यक्रमबीच समापन गरेका हुन् ।

नेपाली सेनासम्बन्धी जानकारीमूलक कक्षा संचालन गरी आधारभूत ज्ञान दिलाउने उदेश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको नेपाली सेनाले जनाले जनाएको छ ।

सुर्खेतका विभिन्न मिडिया हाउसमा कार्यरत रक्षा संवाददाताहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा नेपाली सेनाको सांगठनिक संरचना तथा विभिन्न विभागहरुको जिम्मेवारी, विविध गतिविधिहरु, अन्तरक्रिया लगायत नेपाली सेनाको युनिटहरुको स्थलगत भ्रमण समावेश गरिएको थियो ।

नेपाली सेनाले प्रत्येक वर्ष केन्द्रिय तथा सबै पृतना स्तरमा सञ्‍चारकर्मीहरुलाई समावेश गरी रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सञ्‍चालन गर्दै आइरहेको छ । यस प्रकारको कार्यक्रमले रक्षा संवाददाताहरुलाई नेपाली सेना सम्बन्धी समाचार संकलन तथा सम्प्रेषणमा थप सहज तथा स्पष्टता प्रदान गर्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement