नेपाली सेनामा पेन्सनको सेवा अवधि घटाउने प्रस्ताव रक्षा मन्त्रालय पठाइयो


काठमाडौं – नेपाली सेनाले निवृत्तिभरण(पेन्सन)को सेवा अवधि घटाउने भएको छ । तल्लो तहका सैनिकको मागअनुसार सेनाले रक्षा मन्त्रालयमा पेन्सनको सेवा अवधि घटाउने प्रस्ताव पठाएको हो ।

तल्लो तहका सैनिकले निवृत्तिभरणको सेवाअवधि १६ वर्ष बनाउन माग गरेपछि सेनाले सोहीअनुसार ऐन संशोधनका लागि रक्षा मन्त्रालयलाई पत्राचार गरेको हो । हाल पेन्सन लिएर निवृत्तिकरणका लागि २० वर्ष सेवाअवधि पुग्नुपर्ने प्रावधान छ ।

सरकारले सबै निकायमा सेवा अवधिको उमेर एकरुपता बढाइ २० बनाएको थियो । सेना तथा प्रहरीमा पेन्सनको अवधिलाई १६ बनाउन माग हुँदै आएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले मागअनुसार नै आफूले रक्षा मन्त्रालयमा त्यससम्बन्धि पत्राचार गरेको जानकारी दिए ।

‘विगत केही वर्षदेखि पदीक तथा अन्यदर्जाबाट सबै तहको रोलकल र अन्तरक्रियाका दौरान नियमित उठान हुने गरेको निवृत्तिभरण सेवा अवधि घटाउने प्रक्रिया निकै अघि बढेको छ, यस सम्बन्धमा जङ्गी अड्डाका तहबाट लेखापढी गरी स्वीकृतिका लागि रक्षा मन्त्रालयमा पत्राचार गरिसकिएको छ’, उनले भनेका थिए, ‘बरु कल्याणकारी कार्यलाई कसरी थप प्रभावकारी बनाउनु पर्दछ र विदेश जानुपर्ने बाध्यताबाट कसरी छुट्कारा पाउन सकिन्छ भन्नेलगायतका पक्षमा सोच्नु हुन र सुझाव प्रस्ताव गर्नुहुन म सबैमा अनुरोध गर्दछु स्वेदशमे रमाउनु, घरपरिवारको सामिप्यमा रहनुको मज्जा नै अर्कै हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement