प्रधानसेनापति क्षत्री किन पुगे धनुषा?


काठमाडौं– प्रधानसेनापति राजेन्द्र क्षत्री धनुषा पुगेका छन्।

उनी मध्य पूर्वी पृतना हेड क्वार्टर तथा सोही पृतना अन्र्तगत धनुषा जिल्लाको भिमानमा सञ्चालित अभ्यासकाका लागि त्यहाँ पुगेको नेपाली सेनाले जनाएको छ।

प्रधानसेनापति क्षत्रीले तालिम ईलाकाको स्थलगत वस्तुस्थिति, बन्दोबस्ती, तालिममा सहभागी भएका शिक्षार्थीहरुले गरेको प्रदर्शनको अवलोकन गरेका थिए।

उनी शुक्रबार नै काठमाडौं फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement