महाशिवरात्रीको दिन नेपाली सेनाले यी कार्यक्रमको आयोजना गर्दै


काडमाडौं – नेपाली सेनाले महाशिवरात्रीका दिन तथा सेना दिवसका दिन राष्ट्रपतिको प्रमुख आतिथ्यमा विशेष कार्यक्रमको आयोजा गर्ने भएको छ ।

नेपाली सेनाले हरेक वर्ष सेना दिवसका दिन सैनिक मञ्च टुडिखेलमा विभिन्न कार्यक्रमहरु आयोजना गरि सैनिक दिवस मनाउँदै आइरहेको छ ।सो अवसरमा नेपाली सेनाले ट्रफिरव्यानररनिशान प्रदान, महाशिवरात्री बढाइँ, सैनिक कला प्रदर्शन, पुरस्कार वितरण लगायत कार्यक्रम आयोजना गर्ने जानकारी दिएको छ ।

सर्वसाधारणलाई नेपाली सेनाको उक्त विशेष कार्यक्रम सहज रुपमा अवलोकन गराउने उदेश्यका साथ नेपाल टेलिभिजन र सरोकार टलिभिजनमार्फत प्रत्यक्ष प्रशारण गरिनुका साथै काठमाडौंको वर्ड ट्रेड सेन्टर, काठमाडौं मा डिजिटल प्रविधिमार्फत प्रत्यक्ष प्रशारण गर्ने व्यवस्था मिलाएको सेनाले जनााएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement