नेपाली सेनाले यसरी मनायो सैन्य दिवस (फोटोफिचर)


काठमाडौं – नेपाली सेनाले सेना दिवसमा सैन्य तथा झाँकी प्रर्दशनी गरेको छ । महाशिवरात्रीको दिन हरेक वर्ष सेनाले टुँडीखेलमा प्रर्दशनी गर्दे आएकोमा यस वर्षपनि विशेष प्रर्दशनी गरेका हो ।

सेना दिवसमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानसेनापति पूर्णचन्द्र थापा, विभिन्न मन्त्री, सुरक्षा निकायका प्रमुखहरुलागयतको उपस्थिति रहेको थियो ।

नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सो दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरेको छ ।

जङ्गीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस
Advertisement