प्रधानसेनापति क्षत्री पश्चिम नेपालमा


काठमाडौं– प्रधानसेनापति राजेन्द्र क्षत्री निरीक्षणको क्रममा पश्चिम नेपाल पुगेका छन्।

क्षत्रीले आइतबार मध्यपश्चिम पृतना अन्तर्गत कपिलबस्तु जिल्लामा तैनाथ नारायणदल गण, कैलाली जिल्लामा तैनाथ ५ बाहिनी अड्डा र डोटी जिल्लामा तैनाथ सूदुरपश्चिम पृतना हेडक्वार्टरको निरीक्षण गरेका हुन्।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले उक्त पृतना, बाहिनी तथा गणको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गरेको नेपाली सेनाले जनाएको छ।

आइतबार सूदुरपश्चिम पृतना हेडक्र्वाटर. दिपायलमा बसेका उनी सोमबार काठमाडौं फर्कने नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement