नेपाली सेना र अमेरिकी सेनाबीच भाेलिदेखि एकमहिने संयुक्त अभ्यास हुँदै


काठमाण्डु – नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास हुने भएको छ। नेपाली सेना र अमेरिकी सेनाबीच साउन ३१ देखि भदौ ३१ सम्म दुई देशका सेनाको संयुक्त अभ्यास हुने भएको हो ।

नेपाली सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गत रहेका रेञ्जर गणहरू र अमेरिकी सेनाको टुकडीबीच संयुक्त अभ्यास हुने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालले जनाएकाे छ ।

छाउनी र नगरकोट इलाकामा नेपाली सेनाबाट ८० जना तथा अमेरिकी सेनाका १६ जना गरी जम्मा ९६ जना सम्मिलित उक्त संयुक्त तालिम अभ्यास हुनेछ । सशस्त्र द्वन्द्वसम्बन्धी कानुन र सैन्य निर्णय प्रक्रिया(एमडीएमपी) लगायतका विषयमा सैन्य अभ्यास हुने सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।

सैन्य अभ्यासका लागि क्याप्टेन ब्लेक डकाटेलको नेतृत्वमा अमेरिकी सेनाको टुकडी सोमबार नेपाल आइसकेको छ । नेपाली सेनाले भारतीय र चिनियाँ सेनासँग पनि संयुक्त सैन्य अभ्यास गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement