पाकिस्तानी सेनाअध्यक्ष र प्रधानसेनापति क्षत्रीबीच भेटवार्ता


काठमाडौं – प्रधानसेनापति महारथी राजेन्द्र क्षत्री र नेपाल भम्रणमा आएका पाकिस्थानी स्थल सेनाका अध्यक्ष जनरल जुबाइबर महमद हयातबीच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्तामा अध्यक्ष हयातले पाकिस्तान सरकारको तर्फबाट नेपाली सेनाका प्रधानसेनापति क्षत्रीलाई विशेष सम्मान स्वरुप विशिष्ट व्यक्तित्वहरुलाई प्रदान गरिने उच्चस्तरको विभूषण निशान (ए-इम्तियाज (मिलिटरी) प्रदान गरेका छन् ।साथै भेटवार्तामा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

मंगलबार नै अध्यक्ष हयातले टुडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गरेका थिए भने उनलाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement