सेनाको हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु


काठमाण्डु – नेपाली सेनाले हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको शुभारम्भ गरेको छ ।

आइतबार बलाधिकृत रथी प्रभुराम शर्माले नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा संचालन हुने सि.सं.८ हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको भिडियो टेल कन्फरेन्स (भिटिसी) मार्फत शुभारम्भ गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले तालिमले सहभागी शिक्षार्थी अधिकृतहरुको पेशागत ज्ञान बढ्न गई समग्र संस्थाको क्षमता अभिवृद्धिमा थप टेवा पुग्ने बताएका छन् ।

उनले जटिल अपरेशनल वातावरणमा समय सापेक्ष निर्णय लिनसक्ने भावि नेतृत्व उत्पादनमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा संचालन हुने उक्त तालिममा ३० जना महासेनानी दर्जाका शिक्षार्थीहरुको सहभागिता रहेको छ । उच्च क्रमका अधिकृतहरुको वृत्ति विकासका लागि आवश्यक यो तालिम नेपाली सेनामा संचालन हुनै सबैभन्दा उच्च तालिम रहेको सेनाले जनाएको छ ।

कोभिड–१९ को परिस्थितिलाई मध्यनजर गर्दै पुर्णरुपमा स्वास्थ्य सम्बन्धी सबै सुरक्षात्मक उपायहरु अपनाउंदै सामाजिक दुरी कायम गरी उक्त तालिम संचालन गरिने सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement