नेपाली सेनाले विद्यार्थीलाई दिन थाल्यो एनसिसी तालिम


बुटवल – सभ्य, अुनशासित र असल नागरिक उत्पादन गर्ने उदेश्यसहित नेपाली सेनाले देशैभरका विद्यार्थीहरुलाई एनसिसी तालिम दिन सुरु गरेको छ ।

यसै क्रममा गुल्मीमा रहेको गुरुखोरख गुल्म धागीथुम ब्यारेकले सदरमुकाम तम्घासमा आइतवारदेखि तम्घासको आदर्श विद्या मन्दिर र गण्डकी बोर्डिङ्ग स्कुलका गरि जम्मा ७२ जना विद्यार्थीहरुलाई एनसिसी तालिम दिन सुरु गरेको हो ।

प्रति विद्यालय १८ जना छात्रा र १८ जना छात्र छनौट गरि तालिम दिन सुरु गरिएको त्यस गुल्मका गुल्मपति सेनानी रविन्द्र महार्जनले जानकारी दिए ।

उनले नेपाली सेनाले राष्ट्रिय सेवा दल मार्फत २०२२ साल देखि विद्यार्थीहरुलाई एनसिसी तालिम दिन सुरु गरेको हो । यस अर्थिक बर्षमा देशभर ७ हजार ७ सय जना भन्दा बढि विद्यार्थीहरुलाई एनसिसी तालिम दिन लागेको जानकारी दिए । सिनियर डिभिजनको तालिममा हतियार चलाउन समेत सिकाईन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement