सेनाका दुई उपरथीको सरुवा, सम्भारमा पाण्डेले पाए जिम्मेवारी


काठमाण्डु– नेपाली सेनाका दुई जना उपरथीको सरुवा भएको छ । सैनिक स्रोतले दिएको जानकारीअनुसार उपरथीद्धय अशोक सिग्देल र ताराध्वज पाण्डेको सरुवा भएको हो । मध्यपृतना सुपारीटारमा पृतनापति रहेका पाण्डेको सेनाको सम्भारथी विभागमा सरुवा भएको छ भने सिग्देलले सुपारीटारमा पृतनापतिको जिम्मेवारी पाएका छन् ।

पाण्डे सम्भारथी हुंदा सेनाको खरिद प्रक्रियामा सिस्टम बसालेको सेनामा चर्चा छ । पाण्डे र सिग्देल दुवै एकै व्याचका अधिकृत हुन् । सिग्देलभन्दा जुनियर समेत पृतना सम्हाल्न विभिन्न क्षेत्र पुगेका बेला उनि भने सैनिक मुख्यालयमै कार्यरत थिए । उपरथी सिग्देललाई प्रधानसेनापति पूर्णचन्द्र थापाको जोडबलमा सैनिक मुख्यालय राखिएको थियो ।

उपरथीद्धय पाण्डे र सिग्देल दुवै प्रधानसेनापति दावेदार हुन् । हालका प्रधानसेनापति थापा र बलाध्यक्षरथी ईश्वर हमालले आगामी भदौ र असारमा अवकास पाएसंगै सेनामा अनन्त कार्की र सरोजप्रताप राणा रथी बन्ने लाईनमा छन् । त्यसपछि सिग्देल र पाण्डे रथी हुंदै प्रधानसेनापतिको लाईनमा बस्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement