नेपाली सेनाद्वारा कर्णाली करिडोर अन्तर्गत खुलालु–लैफु–सलीसल्ला सडक हस्तान्तरण

नेपाली सेनाद्वारा कर्णाली करिडोर अन्तर्गत खुलालु–लैफु–सलीसल्ला सडक हस्तान्तरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाले कर्णाली करिडोर अन्तर्गत खुलालु–लैफु–सलीसल्ला सडक खण्डको निर्माण कार्य सम्पन्न गरेको छ ।

नेपाली सेनाका कर्णाली करिडोर सडक निर्माण कार्यदलका प्रमुख प्राविधिक सेनानी मिलन कार्कीले निर्माण सम्पन्न सो सडक खण्ड उत्तर दक्षिण व्यापारिक मार्ग हिल्सा–सिमिकोट सडक आयोजनाका योजना प्रमुख बिष्णुदास लामालाई एक कार्यक्रमका बीच हस्तान्तरण गरेका छन् ।

२०७१ साल चैत्र ०९ गतेबाट निर्माण शुरु गरिएको कुल १२२.७५ कि.मि. लम्बाई र औसत ६ मिटर चौडाई रहेको उक्त सडक खण्डले कालिकोट, बाजुरा र हुम्ला जिल्लालाई जोडेको छ ।

यस सडक खण्डको निर्माण पश्चात राष्ट्रिय सडक सञ्जालमा जोडिन बांकी रहेको अन्तिम जिल्ला हुम्लाको ताँजाकोट, अदानचुली, चंखेली र सर्केगार्ड गाउँपालिका समेत उक्त सडक सञ्जालमा जोडिएका छन् ।

भौगोलिक विकटता, मौसमी प्रतिकुलता, कडा चट्टानयुक्त भू–बनोट आदिका कारण यस सडक खण्डलाई विशेष परिस्थितीको सडकको रुपमा परिभाषित गरि २०७१ साल चैत्र ०५ गतेको मन्त्रीपरिषद्को निर्णयबाट नेपाली सेनालाई जिम्मा दिईएको थियो ।