नेपाली सेनाद्धारा काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन


काठमाडौं –काठमाडौंको शोभाभगवती मन्दिरमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

नेपाली सेनाको जगदल गणले स्थानीय शहीद गंगालाल प्रगति क्लबसँग सहकार्य गरेर मंगलबार काठमाडौं महानगरपालिका–१५ स्थित शोभाभगवती मन्दिरमा सो शिविर सञ्चालन गरेको हो ।

जनरल ओपीडी, रगत तथा सुगर परीक्षण र आँखा तथा दाँतको परीक्षण लगायत गरिएको सो स्वास्थ्यशिविरबाट तीन सय जनाभन्दा बढी सर्वसाधारण लाभान्वित भएको नेपाली सेनाले जनाएको छ ।

स्वास्थ्य शिविरको उद्घाटन नेपाली सेनाका सहायक रथी प्रयोग जबराले गरेका थिए । उनले उद्याटनका क्रममा नागरिकसँगको सम्बन्धलाई थप सुदृढ बनाउन निःशुल्क स्वास्थ्य शिविर सञ्चालनको कामलाई निरन्तरता दिइएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस
Advertisement