नेपाल र अष्ट्रियाबीच जलविद्युत प्रविधिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर


काठमाडौं – नेपाल र अष्ट्रियाबीच जलविद्युत पूर्वाधार प्रविधि सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले भ्रमणको क्रममा गत जेठ ८ गते बुधबार अष्ट्रियाको राजधानी भियनामा त्यहाँका समकक्षी एन्दे्रईस रेईकार्डसँग सहमति पत्रमा हस्ताक्षर गरेको पत्रकार सम्मेलन गरी जाकरी दिए ।

सम्मेलनमा मन्त्री पुनले जलविद्युतको क्षेत्रमा धेरै काम गरेको अष्ट्रियासँग जलविद्युत सम्बन्धी प्रविधि भित्र्याउने गरी समझदारी गरिएको बताए ।

जलविद्युत क्षेत्रको प्रविधिसम्बन्धी ३१ वटाभन्दा बढि कम्पनी भएको त्यस देशसँग जलविद्युत पूर्वाधार विकासका अन्य विषयमा पनि छलफल गरिएको मन्त्री पुनको भनाइ थियो ।

मन्त्री पुनले अष्ट्रिया भ्रमणको क्रममा संयुक्त राष्ट्र संघीय उद्योग विकास संगठनका उपाध्यक्ष ली योङसँग पनि भेटवार्ता गरी जलविद्युत र नविकरणीय उर्जाको विकास, प्रवर्द्धन एवम् उर्जा दक्षताका विषयमा थप सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै, मन्त्री पुनले न्यूयोर्कमा आयोजना भएको दीगो उर्जा विकास सम्बन्धी सम्मेलनमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै लगानीका लागि आह्वान गरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement