भोलि नेपाल बन्दको आह्वान गर्दै विप्लव नेकपासहितका ४ दलले निकाले मसाल जुलुस


काठमाण्डु – मंगलबार नेपाल बन्दको आह्वान गरेको नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित ४ दलले मसाल जुलुस निकालेको छ ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर उल्टै आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको, एमसीसी, महंगी र राष्ट्रघाती सन्धी सम्झौताविरुद्ध नेकपासहितका चार दलले मसाल जुलुस निकालेका हुन् ।

जसमा नेकपासँगै श्रषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement