नेपालको उर्जा क्षेत्रमा लगानी गर्न बंगलादेश तयार


काठमाण्डु – सरकारले बंगलादेश सरकार र त्यहाँको निजी क्षेत्रलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरेको छ ।

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले ऊर्जा क्षेत्रमा बंगलादेश सरकार तथानिजी क्षेत्रका लगानी कर्तालाई लगानी भित्र्याउन अपिल गरेका हुन् । नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्ससँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भएको बिदाई भेटमा मन्त्री पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानी मैत्री वातावरण निर्माण गरिएकाले लगानी सुरक्षमा ढुक्क रहन आग्रह गरे । राजदूतआफ्नो साम्स चार वर्षे कार्यकाल पुरा गरी केही दिनपछि बंगलादेश फर्किँदैछिन् ।

भेटमा नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी समझदारी भएको स्मरण गर्दै मन्त्री पुनले त्यसलाई दुई देशबीच ऊर्जा व्यापारका लागि कोशेढुंगाको संज्ञा दिए । नेपाल र बंगलादेशबीच २०७५ सालभदौ २८ मा ढाकामा भएको ‘पावर एण्ड इनर्जी’ सम्मेलनमा बंगलादेशले नेपालबाट आगामी सन् २०४० भित्र ९ हजार मेगावाट बिजुलीखरिद गर्ने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो । त्यसअघि मन्त्री पुन र बंगलादेशका ऊर्जामन्त्री नसरुल हमिदीबीच ऊर्जा सहकार्य (इनर्जी को–अपरेशन) सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

मन्त्रीपुनले बंगलादेश र नेपालबीच जनस्तरमा समेत सम्बन्ध प्रगाढ बन्दै गएको चर्चा गरे । ‘नेपालबाट अध्ययनका लागि ठूलो संख्यामा विद्यार्थी बंगलादेश गएका छन् । यसले दुई देशबीचजनस्तरको सम्बन्धविस्तार र सुढृढ बनाउन सहयोग पुगेको छ’, मन्त्री पुनले भने । मन्त्रीपुनले राजदूत साम्सको कार्यकालमा द्विपक्षीय कूटनीतिक र ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी महत्वपूर्ण समझदारी भएको भन्दै प्रशंसा गरे ।

जवाफमा राजदूत साम्सले नेपाल–बंगलादेश ऊर्जा क्षेत्रमा सहकार्यका लागि वातावरण निर्माणमा नेतृत्वदायी र निर्णायक भूमिका रहेको भन्दै मन्त्री पुनको प्रशंसा गरिन् । ‘नेपाल र बंगलादेशका बीचमा ऊर्जा क्षेत्रमा सहकार्यको राम्रो वातावरण बनेको छ’, राजदूत साम्सले भनिन्, ‘तपाईंको कुशल नेतृत्व नभएको भए यो सम्भव थिएन ।’

राजदूत साम्सले कोभिड–१९ महामारीका कारण नेपाल र बंगलादेश दुवैले ठूलो आर्थिक क्षति ब्यहोर्नु परेको भन्दै आर्थिक–सामाजिक चुनौतीको मिलेर सामना गर्नुपर्ने उल्लेख गरिन् । नेपालले पर्यटन र टेमिट्यान्समा क्षति ब्यहोरे जस्तै बंगलादेशले पनि गलैंचा र रेमिट्यान्समा क्षति ब्यहोरेको उनको भनाई थियो । राजदूत साम्सले कोभिड–१९ काकारण रोकिएका उच्चस्तरीय भ्रमणहरु महामारी अन्त्यसँगै सुरु हुने र नेपालको ऊर्जा क्षेत्रमा लगानीको ठोस खाकाबारे वार्ता हुने जानकारी दिइन् ।

यस्तै राजदूत साम्सीले मन्त्रीपुनलाई कोभिड–१९ महामारी अन्त्यलगत्तै बंगलादेश भ्रमणको निम्तासमेत दिइन् । मन्त्रीपुनले बंगलादेशका राष्ट्रपति अब्दुलहमिद र समकक्षी(उर्जामन्त्री) नसरुल हमिदीलाई नेपाल भ्रमणको निम्ता दिए ।

मन्त्रीपुनले कार्यकाल सकाएर फर्किए पनि भ्रमणका लागि नेपाल आउन आग्रह गरेका थिए । जवाफमा राजदूत साम्सीले नेपाल आफ्नो दोश्रो घर भएकाले आइरने जवाफ दिइन् । नेपालका धेरै रमणीय स्थान घुमेको स्मरण गर्दै उनले सगरमाथा आधार शिविर, मुस्ताङ र लुक्लाजाने चाहना पूरा नभएकाले अर्कोपटक आउने जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement