साफ यू–२० च्याम्पियनसिप : बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा

साफ यू–२० च्याम्पियनसिप : बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा


काठमाण्डु– साफ यू–२० च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले बंगलादेशलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएकाे समूह ए को अन्तिम खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको हो।

नेपालले खेल सुरु भएकाे २ मिनेटको अन्तरमा दुई गोल गरेको थियो । १७ औँ मिनेटमा समिर तामाङ र १९ औँ मिनेटमा निराजन धामीले गोल गरे।

हारका बावजुत पनि बंगलादेश समुह उपविजेताको रुपमा अन्तिम चारमा पुगेको छ। समुह ए बाट दुई खेलमा पराजित भएको श्रीलंका भने समुह चरणबाटै बाहिरिसकेको छ।

नेपालले अब सेमिफाइनलमा समुह बी को उपविजेता टोलीसँग खेल्नेछ। बंगलादेशले भने समुह ए को विजेतासँग खेल्नेछ।

समुह बी मा रहेका भारत, भुटान र मालदिभ्स तीनै टोलीको सेमिफाइनल पुग्ने सम्भावना उत्तिकै छ। समुह बी को अन्तिम खेलमा भोलि शुक्रबार भारत र मालदिभ्स खेल्नेछन्। यो खेलपछि सेमिफाइनल समिकरण पूरा हुनेछ।

समुह बी मा भारत र भुटानले समान एक खेल जितेका छन्। भारत र मालदिभ्सले एक खेल खेल्न बाँकी छ। भोलिको खेलमा भारतले मालदिभ्सलाई पराजित गरे भुटान सेमिफाइनलमा पुग्नेछ।