नेपाल-बंगलादेशबीच दोहोरो करमुक्ति,अब एक देशमा मात्रै कर तिर्दा हुने


काठमाडौं – नेपाल र बंगलादेशका नागरिकले एक देशका नागरिकले अर्को देशमा आर्जन गरेको सम्पत्तिमा एक देशमा मात्रै कर तिरे पुग्ने सम्झौता भएको छ । मंगलबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा.युवराज खतिवडाको उपस्थितिमा एक कार्यक्रमका बीच राजस्व सचिव लालशंकर घिमिरे र बंगलादेशका राजस्व सचिव मसर्फ हुसैनले दुई मुलुकबीच दोहोरो कर उन्मुक्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन्।

दुबै देशका मन्त्रिपरिषद् बैठकले पारित गरेपछि दोहोरो कर उन्मुक्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको हो। सम्झौतामा अनुसार व्यापार व्यव्यसाय तथा रोजगारीको लागि एक देशको नागरिकले अर्को दशेमा बसेर आर्जन गरेको सम्पत्तिमाथि सोही देशमा मात्रै कर तिर्दा हुनेछ। दुबै देशको मन्त्रिपरिषद् निर्णयअनुसार गरिएको सम्झौताले आर्थिक तथा व्यापारिक सम्झौता विस्तारमा सहयोग पुग्ने सरकारको अपेक्षा रहेको छ।

बंगलादेशले यस्तो सम्झौता नेपालसँगै ३६ वटा देशमा गरेको छ भने नेपालले बंगलादेशसँगै ११ वटा देशमा गरेको छ। नेपालले भारत, चीन, कोरिया, नर्वे, थाइल्यान्ड, श्रीलंका, मरिसस, अस्ट्रिया, पाकिस्तानसँग पनि यो सम्झौता गरेको छ। बंगलादेशका राजश्व सचिव मसर्फ हुसेनले एउटा देशमा मात्रै कर लगाउँदा लगानीकर्ता र व्यवसायीलाई लगानीका लागि उचित वातावरण बन्ने बताए। उनले दोहोरो कर उनमुक्ति सम्झौताले व्यापारिक सम्वन्ध विस्तार हुने बताए। साथै नेपाल र बंगालादेश बीचको व्यापारमा भारत जोडिने भएको भन्दै भारतँग पनि सम्वन्वयन गरेर अघि बढ्नु पर्ने बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement