आगामी चैत १४ गते ‘नेपाल बेस्ट म्युजिक अवार्ड’ हुँदै


काठमाण्डु – ‘नेपाल बेस्ट म्युजिक अवार्ड’ आयोजना हुने भएको छ ।

तुलसी मिडियाले ‘नेपालको शान, संगीतको पहिचान’ भन्ने नाराका साथ आगामी चैत १४ गते काठमाण्डुमा ‘नेपाल बेस्ट म्युजिक अवार्ड’ अआयोजना गर्न लागेको हो ।

३९ विधा हुने अवार्डमा लोक, पप, आधुनिक र फिल्म विधा छन् । लोक, पप र आधुनिक विधामा गायक, गायिका, गीत, संगीतकार, नायक र नायिका समावेश रहेका छन् ।

यस्तै फिल्मतर्फ गीत, संगीतकार, गायक र गायिका छन् । यस्तै सबै विधाअन्र्तगत नवगायक, नवगायिका, नवनायक र नवनायिका समावेश छ ।

यस्तै प्राविधिकतर्फ छाँयाकार, भिडियो निर्देशक, नृत्य निर्देशक, मेकअप आर्टिष्ट, रचनाकार र सम्पादक समावेश छ । यस्तै पपुलर विधाअन्तरगत गीत, संगीतकार, गायक, गायिका, नायक र नायिका छन् ।

अवार्डमा दुई दशक भन्दा लामो समय संगीतमा बिताएका एक श्रष्टालाई नगदसहित ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’द्वारा सम्मान गरिने मिडियाका अध्यक्ष तथा अवार्ड संयोजक नवराज भण्डारीले जानकारी दिए ।

आयोजकले गत फागुन ३ गतेबाट फागुन २१ गतेसम्मका सबै विधामा फाराम खुल्ला गरेको छ । अवार्डका लागि तीन सदस्यीय जुरी निर्माण गरिएको आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement