नेपाल– भारत सुरक्षा सम्बन्धी परामर्श समूहको सोह्रौं बैठक सम्पन्न

नेपाल– भारत सुरक्षा सम्बन्धी परामर्श समूहको सोह्रौं बैठक सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल–भारत द्विपक्षीय सुरक्षा सम्बन्धी परामर्श समूहको सोह्रौं बैठक सम्पन्न भएको छ । बैठक यही असार ८–९ गते भारतको पुणेमा भएको हो ।

बैठकमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारत सरकारको परराष्ट्र मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुनु महावरले गरेका थिए । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका दक्षिण एशिया महाशाखा प्रमुख सहसचिव गहेन्द्र राजभण्डारीले गरेका थिए ।

बैठकमा दुवै पक्षले सुरक्षा र रक्षा सहयोगसँग सम्बन्धित विभिन्न विषयहरू— उपकरण आपूर्ति, तालिम, संयुक्त सैन्य अभ्यास, विपद् उद्धार कार्य, तथा सैन्य आदानप्रदान लगायतका मुद्दामा फलदायी छलफल गरेका थिए।

साथै, प्रतिनिधिमण्डलहरूले सार्वजनिक तथा निजी क्षेत्रका प्रमुख रक्षा निर्माणस्थलहरूको भ्रमण समेत गरेका थिए ।

सन् २००३ मा स्थापना गरिएको द्विपक्षीय रक्षा तथा सुरक्षा सहयोग समन्वय गर्न भारत र नेपालबीचको मुख्य संस्थागत संयन्त्र हो।