काठमाण्डु- नेपालमा आएको विनाशकारी बाढीबाट उत्पन्न विपद्को अवस्थाबारे भारतले उच्चस्तरीय समीक्षा बैठक गरेको छ।
भारतका परराष्ट्र सचिव, विदेश मन्त्रालयको टोली तथा काठमाण्डु र बेइजिङस्थित भारतीय राजदूतहरूसँग नेपालमा बाढीको अवस्थाबारे समीक्षा गरिएको हो।
बैठकपछि भारतीय पक्षले बाढी प्रभावित क्षेत्रमा रहेका सबै भारतीय नागरिकको अवस्था र सकुशलताको जानकारी लिन तत्काल प्रयास भइरहेको भारतीय विदेश मन्त्री एस जयशंकरले बताएका छन् ।

भारतीय विदेश मन्त्रालयले नेपालमा रहेका भारतीय नागरिकको अवस्थाबारे जानकारी संकलन गर्न विभिन्न सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ।





प्रतिक्रिया