आईजीपी खनालको नेतृत्वमा नेपाल भारत सीमा सुरक्षा बैठक सुरु


पोखरा – नेपाल–भारत सीमा सुरक्षा बैठक पोखरामा सुरु भएको छ । आजबाट पोखरामा सुरु भएको बैठकमा सीमामा हुने अपराध, सीमा सुरक्षा गस्ती लगायतको विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र भारतका तर्फबाट सीमा सुरक्षा बलका डीआइजी कुमार राजेशचन्द्र नेतृत्वको टोली रहेको छ ।

नेपालको टोलीमा आइजीपीको नेतृत्वमा एआइजी पुष्पराम केसी, नारायणबाबु थापा, रामशरण पौडेल, डीआइजीहरु बाबुराम पाण्डे, सुरज श्रेष्ठ, चिरन्जीवी अधिकारी, नगेन्द्र थापा, गोविन्द क्षेत्री, राजु अर्याल, नारायणदत्त पौडेलको साथमा गृहका उपसचिव, परराष्ट्र मन्त्रालयका प्रतिनिधी, नेपाल प्रहरीका डिआइजी दानसिङ बोहरा रहेका छन् ।

बैठकमा नेपालका तर्फबाट दश र भारतका तर्फबाट छ जनाको सहभागिता रहेको सशस्त्र प्रहरी नायब महानिरीक्षक बाबुराम पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement