नेपाल-भारत एकदिने संयुक्त सुरक्षा बैठक : भारतले माग्यो सुरक्षा सहयोग


काठमाडौ – भारतीय सुरक्षाकर्मीले नेपाली सुरक्षाकर्मीसंग सन् २०१९ मा हुने लोकसभा निर्वाचनका लागी सुरक्षा सहकार्यका लागि आग्रह गरेका छन्।लोकसभा निर्वाचन शान्तिपूर्ण बनाउन दुबै देशका सुरक्षा निकाय सजग भएर लाग्ने सहमति समेत भएको छ ।

नेपाल-भारतबीचको संयुक्त सुरक्षा समितिको बैठकले विभिन्न ५ बुँदे सहमति गरेको छ । भारत बिहार राज्यस्थित मोतिहारीमा मंगलबार सम्पन्न बैठकमा दुई देशका सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियो ।

यस्तै खुल्ला सीमानाबाट हुने गरेको अवैध हातहतियार तस्करी नियन्त्रण गर्न दुबैतर्फका सुरक्षा निकाय विशेषरुपमा लागिपर्ने सहमति भएको छ ।
लोकसभा निर्वाचन बिथोल्न अहिले देखि सदिग्ध समूह सक्रिय हुने भन्दै सूचना आदान प्रदानलाई सहज बनाउने निर्णय बैठकले गरेको हो।

नेपालबाट रौतहट, बारा, पर्सा, चितवन, पश्चिम र पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख र अनुसन्धान विभागका अधिकारी बैठकमा सहभागी थिए। यस्तै भारतको बिहार प्रदेशको पूर्वी र पश्चिम चम्पारणका डिस्ट्रिक्ट मजिष्ट्रेट र पुलिस सुपरिडेन्टेन्ट बैठकमा सहभागी थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement