नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक आजदेखि सुरु


काठमाडौं । नेपालले लामो समयदेखि प्रस्ताव गरेको ‘न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’ निर्माणलगायतका विषयमा सहमति जुटाउने लक्ष्यका साथ नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आजदेखि सुरु हुँदैछ ।

भारतमा दुई दिनसम्म चल्ने बैठकमा अन्तरदेशीय प्रसारणलाइन र इनर्जी बैकिङलगायतका विषयमा छलफल गरिने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए ।

बैठकमा न्यु बुटवल–न्यु गोरखपुर ४ सय केभी अन्तरदेशीय प्रसारणलाइनको निर्माणको मोडालिटी टुंग्याउने, कटैया–कुशाहा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारणलाइनलाई डबल सर्किट गर्नेबारे छलफल हुनेछ भने नेपाल– भारतबीचको प्रसारणलाइनलाई आधुनिक बनाउन हार्मोनाइज तथा सिंक्रोनाइज गर्ने बारे छलफल गरिने उर्जा मन्त्रालयले जनाएको छ । नेपालका तर्फबाट उर्जा मन्त्रालयका सचिव घिमिरे र भारतका तर्फबाट त्यहाँका ऊर्जा सचिव एससी गर्गले बैठकको नेतृत्व गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement