काठमाडौँ – नेपालको भूमि भएर विदेशी मुलुकले रेल सञ्चालन गर्न पाउने र नेपालले विदेशमा रेल चलाउने व्यवस्थासहित सरकारको तर्फबाट संघीय संसदमा विधेयक दर्ता गरिएको छ ।
भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले संघीय संसदमा दर्ता गराएको ‘रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०७६’ मा नेपालले विदेशी भूमिमा र विदेशीले नेपाली भूमि भएर अर्को मुलुकसम्म रेल सञ्चालन गर्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ।
रेल्वे सेवाको विकास गर्न भनेर ल्याइएको विधेयकमा भनिएको छ, ‘नेपाल सरकारले एक वा एकभन्दा बढी विदेशी राष्ट्रको भूमिसम्म वा विदेशी राष्ट्रले नेपालको भूमिसम्म वा नेपालको भूमि भएर अर्को विदेशी राष्ट्रमा जाने गरी रेल्वे सेवा सञ्चालन गर्ने वा गराउने सम्बन्धमा पारिस्परिकताको आधारमा आवश्यक व्यवस्था गर्न सक्नेछ।’
यसका लागि सरकारले नेपालसम्म वा नेपालको भूमि भएर अर्को मुलुकसम्म रेल सेवा सञ्चालन गर्न चाहने मुलुकसँग आवश्यक व्यवस्थापन गर्ने विधेयकमा उल्लेख छ। नेपालमा कुनै मुलुकले रेल सेवा सञ्चालन गर्न चाहेमा नेपाली कानुन लागू हुने प्रस्ताव विधेयकमा छ।यो समाचार कान्तिपुर दैनिकमा छ ।




प्रतिक्रिया