विश्वकप क्रिकेट लिग-२ मा नेपालले आज क्यानडासँग खेल्दै

विश्वकप क्रिकेट लिग-२ मा नेपालले आज क्यानडासँग खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा नेपालले आइतबार क्यानडासँग खेल्दैछ ।

नेपाल र क्यानडाबीचको यो प्रतिस्पर्धा जारी त्रिकोणात्मक शृंखलाको पहिलो भेट हो। दुवै टोलीले यस शृंखलामा ओमानसँग पनि खेल्नेछन्। त्यसैले आइतबारको नतिजाले नेपाललाई अंक दिलाउने मात्र नभई शृंखलाका बाँकी खेलमा आत्मविश्वास बढाउने अवसर पनि हुनेछ।

यो खेल ओमानको अलअमिरातमा नेपाली समयअनुसार पौने १२ बजेदेखि शुरु हुनेछ । नेपालले शृंखलामा क्यानडा र ओमानसँग गरी समान दुई–दुई खेल खेल्नेछ ।

यसमध्ये तीन खेलमा विजय जित निकाल्न सकेमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित रहन सक्छ । चारमध्ये कम्तीमा तीन खेल जिते नेपाल शीर्ष ६ भित्र पर्दै एकदिवसीय मान्यता सुरक्षित हुन सक्छ ।

लिग–२ अन्तर्गतको खेलमा ओमानले क्यानडालाई हराएसँगै नेपाल शीर्ष–४ मा पर्ने सम्भावना सकिएको थियो । योसँगै नेपालले अब प्लेअफ खेल्नेछ ।

नेपालले सन् २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । लिग–२ अंकतालिकामा ओमानको २९ खेलबाट ३३ अंक भएको छ ।

नेपालको ३२ खेलबाट २४ अंक मात्रै छ र नेपालले अब बाँकी सबै खेल जित्दा ३२ अंक पुग्न सक्छ । अमेरिका ३४ खेलबाट ४७ अंकसहित लिग–२ को च्याम्पियन भइसकेको छ । स्कटल्यान्डको ३६ खेलबाट ४५ अंक छ भने नेदरल्यान्ड्सको ३२ खेलबाट ३८ अंक छ ।

चौथो स्थानको ओमानको २९ खेलबाट ३३ अंक, पाँचौंको नामिबियाको ३५ खेलबाट ३१ अंक, छैटौंको क्यानडाको ३३ खेलबाट २५ अंक छ । नेपाल ३२ खेलमा २४ अंकसहित सातौंमा छ भने यूएई ३१ खेलबाट १९ अंकसहित आठौंमा छ ।