काठमाण्डु– आगामी जुनमा नेपाल र चीनबिचको परियोजना सम्बन्धी सहजीकरण संयन्त्रको तेस्रो बैठक बस्ने भएको छ । बैठक परराष्ट्र सचिव अमृतबहादुर राईकाे नेतृत्वमा नेपालमा बस्ने भएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ पक्षबाट नेपालका लागि चिनियाँ राजदूतले सह–अध्यक्षता गर्नेछन् ।
बैठकमा चीन सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकास परियोजनाहरूको प्रगतिको समीक्षा गरिनुका साथै तिनको प्रभावकारी कार्यान्वयनका विषयमा ठोस छलफल हुने बताइएको छ ।
सन् २०१८ जुन २१ मा दुई देशबीच सम्पन्न ‘नेपाल–चीन सहकार्य कार्यक्रम तथा परियोजनाहरूको कार्यान्वयन सहजीकरण संयन्त्र स्थापना सम्बन्धी समझदारीपत्र’ अनुसार यो बैठक बस्न लागेको हो ।




प्रतिक्रिया