चिनियाँ राजदूत होङले भनिन- केरुङलाई आधुनिक नाकाका रुपमा विकास गर्न चिन तयार छ


काठमाडौँ – नेपालका लागि चिनियाँ राजदूत यु होङले ‘ट्रान्स–हिमालयन मल्टी–डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ संरचनाअन्तर्गत हुने आपसी सहकार्यबाट नेपालले फाइदा लिनसक्ने बताएकी छन् ।

नेपाल चेम्बर अफ कमर्श र नेपाल–चीन चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीद्वारा संयुक्तरुपमा शुक्रबार आयोजित अन्तर्क्रियामा उनले संसारलाई समृद्धिले जोड्ने चिनियाँ सपना जोडिएको बृहत् विश्वव्यापी परियोजना ‘बेल्ट एण्ड रोड इनिसियटिभ’मा नेपाल सहभागी भइसकेकाले यसअन्तर्गत हुने सहकार्यबाट नेपालले समृद्धिको गति लिन सक्ने बताईन् ।

भर्खरैमात्र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौता ऐतिहासिक भएको बताउँदै उनले भनिन्, “नेपाल–चीन सम्बन्ध यो बिन्दुमा आएर ऐतिहासिक क्षणमा आइपुगेको छ । यो मैत्रीपूर्ण सम्बन्धको फ्रेममा साझा धारणा र अनुभवको आदानप्रदानले दुवै देशका लागि प्रचुर फाइदा र सिकाइ हुनेछ ।”

नयाँ नाका केरुङलाई आधुनिक भौतिक पूर्वाधारसहितको अन्तर्रा्ष्ट्रिय नाकाका रुपमा रुपान्तरणमा सहयोग गर्न चीन तयार भएको राजदूत युले बताईन् ।
सो कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको समृद्धिका लागि थप चिनियाँ लगानी अपरिहार्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement