नेपालले चीनलाई दियो ३१४ रनको लक्ष्य, एक ओभरमा ६ छक्का प्रहार गर्दै कुशल भुर्तेलले बनाए शतक

नेपालले चीनलाई दियो ३१४ रनको लक्ष्य, एक ओभरमा ६ छक्का प्रहार गर्दै कुशल भुर्तेलले बनाए शतक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एसियन गेम्स छनोटअन्तर्गत नेपाली पुरुष टोलीले चीनलाई ३१४ रनको लक्ष्य दिएको छ।

सिंगापुरको नेसनल क्रिकेट ग्राउन्डमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा दुई विकेट गुमाएर ३१३ रन बनाएको हो ।

नेपालका कुशल भुर्तेलले ४३ बलमा १२९ रनको विस्फोटक इनिङ्स खेले। उनले नवौँ ओभरमा प्रत्येक बलमा ६ छक्का प्रहार गर्दै यसअघि दिपेन्द्रसिंह ऐरीको नाममा रहेको रेकर्ड पनि बराबरी गरेका छन्। ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको यो दोस्रो शतक हो ।

योसँगै उनी टी–२० अन्तर्राष्ट्रियमा दुई शतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बनेका छन् । कुशलले यही खेलमार्फत टी–२० अन्तर्राष्ट्रियमा दुई हजार रन पनि पूरा गरेका छन् ।

यो उपलब्धि हासिल गर्ने उनी दोस्रा नेपाली ब्याटर हुन् । नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले यसअघि नै टी–२० अन्तर्राष्ट्रियमा दुई हजार १८० पूरा गरिसकेका छन् ।

त्यस्तै कुशल मल्लले अविजित ८५ र रोहित पौडेलले ६९ रनको अर्धसकतीय पारी खेले। मल्लले ४७ बलमा आठ चौका र पाँच छक्का प्रहार गरे ।

पौडेलले २१ बलमा सात छक्का र पाँच चौका प्रहार गरे । आसिफ शेखले ११ रन जोडे ।

मल्लले दोस्रो विकेटका निम्ति भुर्तेलसँग १७५ तथा तेस्रो विकेटका लागि पौडेलेसँग अविजित ११६ रनको साझेदारी गरेका थिए ।