नेपाली र चिनियाँ महिला उद्यामीबीच सहकार्य हुने


काठमाडौं – नेपाली महिला उद्यमीले उत्तर छिमेकी चीनसँग नेपालको व्यापार घाटा कम गर्ने उयापबारे चिनियाँ महिलाहरुको व्यापारिक संस्थासँग अन्तरक्रिया गरेका छन् ।

नेपाल महिला च्याम्बर अफ कमर्स र चिनियाँ महिलाहरुको एक व्यापारिक संस्थाबीच राजधानीमा आयोजित अन्तरक्रियामा नेपाली महिला उद्यमीले राजनीतिक अस्थिरता अन्त्य भएसँगै लगानीको वातावरण बनेकाले नेपालमा लगानी ल्याउन चिनियाँ उद्यमीलाई आग्रह गरे । कार्यक्रममा नेपाल वुमन च्याम्बरकी अध्यक्ष डा. अञ्जान शाक्यले नेपाली महिला व्यवसायीको क्षमता अभिवृद्धिका साथै महिला उद्यमशीलता बढाउन चिनियाँ महिला उद्यमीसँग सहकार्य गर्न चाहेको बताइन् ।

जवाफमा चिनियाँ महिला उद्यमीहरुको संस्था मुलान पावर फाउण्डेशनकी प्रतिनिधि ली होंग मेले उद्यमशीलता क्षेत्रमा नेपाली महिलाहरुको सहभागिता र उत्साह देखेर खुसी भएको बताइन् । उनले दुई मुलुकका महिला उद्यमीबीच सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरिन् ।

उनले नेपाली महिला उद्यमीलाई प्रवद्र्धन गर्न आफूले चिनियाँ सरकारका सम्बद्ध निकायसँग समन्यव गर्ने पनि बताइन् । नेपालको कृषि क्षेत्रमा महिला सहभागिता राम्रो रहेको चर्चा गर्दै उनले कृषिक्षेत्रबाट महिला उद्यमीले प्रसस्त लाभ उठाउन सक्ने सम्भावना औंल्याइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement