नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस आज

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस आज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको ७७औँ दिवस बुधबार मनाइँदैछ । एमालेसहित कम्युनिष्ट पार्टीहरूले विभिन्न कार्यक्रमको आयोजना गरेर दिवस मनाउँदैछन् ।

जहानियाँ राणा शासनकै समयमा २००६ साल वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशीलगायतले नेपालमा पहिलो पल्ट नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।

भारतको कोलकाताको श्यामबजारस्थित एक घरमा श्रेष्ठको नेतृत्वमा पार्टीको स्थापना भएको थियो ।

कम्युनिष्ट घोषणापत्र जारी भएको १ सय २ वर्षपछि र सोभियत संघमा अक्टोबर क्रान्ति सम्पन्न भएको ३२ बर्षपछि नेपाली कम्युनिस्ट आन्दोलनको स्थापना भएको थियो ।

त्यस बेला पुष्पलाल पार्टीको महासचिव थिए । त्यसपछि शृङ्खलाबद्ध टुटफुट र सत्ता केन्द्रित राजनीतिले नेपालको कम्युनिष्ट आन्दोलन धरापमा परेको टीकाटिप्पणी हुँदै आएको छ । कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा शुभकामना सन्देशमार्फत नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठन आवश्यक रहेको उल्लेख गरेका छन् ।

यस्तै एमालेका महासचिव शंकर पोखरेलले जनताको बहुदलीय जनवाद (जबज) सामु लोकप्रियतावाद र अवसरवाद केही समयको पाहुना जस्तै भएको बताएका छन् ।