नेपाल कम्युनिष्ट पार्टी र क्रान्तिकारी कम्युनिष्ट पार्टी विद्रोहीबीच ऐतिहासिक एकता

नेपाल कम्युनिष्ट पार्टी र क्रान्तिकारी कम्युनिष्ट पार्टी विद्रोहीबीच ऐतिहासिक एकता


काठमाण्डु-नेपाल कम्युनिष्ट पार्टी र क्रान्तिकारी कम्युनिष्ट पार्टी विद्रोहीबीच ऐतिहासिक एकता भएको घोषणा गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उक्त एकता घोषणा भएको हो ।

उनीहरुले यो एकता र ध्रुवीकरणले एकीकृत जनक्रान्तिका मित्र वर्ग, शक्ति र समुदायलाई एकताबद्ध बन्न एक कदम अगाडिबाट सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरेका छन् ।

सोही क्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले भने, ‘नेपाली काङ्ग्रेस ६ सालदेखि देशको नेतृत्व गर्ने मौका पाएको छ र धेरै पटक प्रधानमन्त्री पनि भइसकेको छ । अहिले पनि नेपाली काङ्ग्रेस सरकारमा छ, तर काङ्ग्रेसले नेतृत्व गरेपछि नेपाली जनतालाई के दिन्छ भन्ने कुरामा स्पष्टता छैन ।

नेकपा एमालेको नेतृत्वमा सरकार छ, तर एमालेले देशलाई के दियो र के दिने चाहना छ भनेर सोच्ने हो भने प्रश्नमात्र देखिन्छ । माओवादी केन्द्रले पनि एकताको कुराहरु गरिरहेकै छ, तर तीन पटक प्रधानमन्त्री हुँदा पनि जनतालाई के दिन्छ भन्ने कुरा प्रश्न नै छ ।’

उनले भने, ‘हामी स्पष्ट छौं र लड्न पनि तयार छौं, तर जनताको परिवर्तन हुनुपर्छ, परिवर्तनको लडाइँ लड्नुपर्छ र यसमा हामी दृढ छौं । यो अभियान देशैभर हुनेछ, यसमा मैले गति दिनेछु र निरन्तर रुपमा लाग्ने पनि छु । एक महिनाभित्र देशभर यो अभियानलाई लाने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु ।’