पछिल्लो २४ घण्टामा थपिए ३ हजार ९३ जना कोरोना संक्रमित


काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या एक लाख ३९ हजार १ सय २९ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा २१ सय ८ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ९६ हजार ६ सय ९ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ७५ रहेको छ । होम आइसोलेसनमा रहनेहरुको संख्या २८ हजार १ सय ९६ रहेको छ । पछिल्लो २४ घण्टामा १३ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण गरिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ७ सय ६५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement