नेपालमा ४४९९ जनामा कोरोना संक्रमण पुष्टि,२६६८ जना डिस्चार्ज


काठमाण्डु –  नेपालमा पछिल्लो २४ घण्टामा  थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या१ लाख ५३ हजार ८ पुगेको जानकारी दिए ।

यससँगै देशभर सक्रिय संक्रमितको संख्या हालसम्म ४६ हजार ६९१ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २६६८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५ हजार ४ सय ८८ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement