नेपालमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या ८४७ पुग्यो


काठमाण्डु – नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ८४७ जना पुगेकाे । स्वास्थ्य मन्त्रालयकाे वेबसाइटका अनुसार थप ५ जनाकाे मृत्यु भएसँगै नेपालमा काेराेना संक्रमणबाट हुनेको संख्या ८४७ पुगेको हाे ।

यससंगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३३३६ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ८३३४ जना पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement