नेपालमा कोरोनाभाइरस निको हुनेको संख्या एक लाख नाघ्यो


काठमाण्डु – नेपालमा कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या १ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा ३ हजार २१५ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख २ हजार ८२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

आज थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement