नेपालमा कोरोना संक्रमणबाट निको हुने दर सार्क मुलुककै कम

 नेपालमा कोरोना संक्रमणबाट निको हुने दर सार्क मुलुककै कम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेपालमा कोरोना संक्रमणबाट निको हुने दर सार्क मुलुककै कम पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको हुने दर ७३.४ प्रतिशत छ । हालसम्म कोरोना संक्रमणबाट ५३ हजार ८ सय ९८ जना निको भएका छन् ।

सार्क मुलुकमध्ये पाकिस्तान र श्रीलंकामा निको हुने दर सबैभन्दा बढी छ । पाकिस्तानमा ९५.४ प्रतिशत, श्रीलंकामा ९४.४ प्रतिशत । त्यसपछि तेस्रोमा माल्दिभ्स छ । त्यहाँ निको हुने दर ८३.२, भारतमा ८२.६ प्रतिशत छ । त्यसपछि अफगानिस्तानमा ८३.२, भारतमा ८२.१, भुटानमा ७५.३ र बंगलादेशमा ७४.८ प्रतिशत छ । नेपालमा पछिल्लो २४ घण्टा (आइतबार अपराह्नसम्म) मा ८ सय ८५ जना मात्रै डिस्चार्ज भएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी सार्क राष्ट्रमध्ये कतिपयले विशेष औषधिको प्रयोग गरिरहेको हुन सक्ने बताउँछन् । ‘बंगलादेशलगायत केही मुलुकले विशेष औषधि चलाएका पनि छन् । त्यसकारण पनि नेपालबाहेकका मुलुकमा कोरोनाबाट निको हुने दर बढेको हुन सक्छ, डा. मरासिनी भन्छन्  ।

नेपालमा सक्रिय र गम्भीर खालका बिरामी बढेका कारण मृत्युदर पनि बढेको विज्ञको दाबी छ। वरिष्ठ छाती रोग विशेषज्ञ डा. नीरज बम नेपालका ज्येष्ठ नागरिक कुनै न कुनै दीर्घरोगले पीडित भइरहेकाले कोरोना संक्रमणपछि निको पार्न कठिन हुने बताउँछन्। ‘कोरोना संक्रमणपछि निमोनिया भएर ज्यान गुमाएका युवाहरू न्यून छन्’, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत डा. बम भन्छन्, ‘लामो समयदेखि दम भएका वा मिर्गौला बिग्रेका व्यक्तिको बढी मृत्यु भएको छ। लामो समयदेखि कलेजो, मुटुजस्ता दीर्घ रोगको औषधि सेवन गरिरहेका वृद्धवृद्धाको पनि ज्यान गएको छ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ।