कोरोना संक्रमणबाट नेपालमा कति स्वास्थ्यकर्मीले ज्यान गुमाए ?


काठमाण्डु – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट नेपालमा ३९ स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन् । कोरोना भाइरस नियन्त्रणमा अग्रपंतिमा रहेर काम गर्ने १२ चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मीले ज्यान गुमाएका हुन् ।

नेपालमा कोरोना भाइरस संक्रमण पहिलोपटक ९ माघ ०७६ मा पुष्टि भएको थियो । त्यसयता निरन्तर संक्रमण देखिइरहेको छ । सो अवधिदेखि हालसम्म १२ चिकित्सक र २७ अन्य स्वास्थ्यकर्मीको मृत्यु भएको सहप्रवक्ता डा. समीर अधिकारीले बताए ।

कोरोना भाइरसको पहिलो लहरमा १२ जना स्वास्थ्यकर्मीको निधन भएको छ भने दोस्रो लहरमा थप २७ स्वास्थ्यकर्मीको निधन भएको सरकारी तथ्यांक छ । दोस्रो हलरमा भएको मृत्यु अघिल्लो वर्षको अनुपातमा दोब्बर बढी  भएकाे उनले बताए  । मृत्यु भएका स्वास्थ्यकर्मी २५ जना ५० वर्षभन्दा कम उमेर समूहका रहेका छन् भने ११ जना ८० वर्षभन्दा कम उमेरका छन् ।

हालसम्म ८ हजार आठ सय ९ स्वास्थ्यकर्मी कोरोना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमित हुने दुई हजार दुई सय ९२ चिकित्सक र ६ हजार पाँच सय १७ जना अन्य स्वास्थ्यकर्मी रहेकाे सहप्रवक्ता डा. अधिकारीले जानकारी दिए ।

हालसम्म नेपालमा तीन लाख ६९ हजार ७६७ जना पुरुष र दुई लाख ३७ हजार ११ जना महिला कोरोना संक्रमित भएका छन् । मन्त्रालयका अनुसार हालसम्म ५ लाख ५३ हजार ३४२ कोरोना संक्रमित निको भएका छन् । निको हुने दर ८९ प्रतिशत हो । हालसम्म कोरोनाबाट आठ हजार ६ सय ७५ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement