नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य

नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आईसीसी विश्वकप लिग २ मा नेपालले ओमानलाई २५७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २५६ रन बनायो ।

नेपालका लागि ओपनर आसिफ शेखले ९४, आरिफ शेखले ४३, अर्जुन कुमालले ४८, दिपेन्द्र सिंह ऐरीले ३३, गुलशन झाले १७ रन बनाए ।

यस्तै ओमानका नदीम खानले ३ तथा शकिल अहमद र हशैन शाहले २–२ विकेट लिए भने जितेन रमानन्दी र आर्यान बिष्टले १ /१ विकेट लिए ।