नेपाली ब्याटरको खराब प्रदर्शन, १५७ रनमै अलआउट


काठमाण्डु- नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न नसकेपछि कतारसँगको खेलमा नेपालले १५७ रनमै सिमित भएको छ । एसीसी प्रिमियर कप अन्तर्गत बिहीबार टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर १५७ रन मात्र बनाएको हो ।

नेपालले शुरूआतदेखि नै विकट गुमाउँदै गयो । नेपालका लागि सन्दीप लामिछानेले ४२, रोहित पौडेलले २७, आसिफ शेखले १९, दीपेन्द्रसिंह ऐरीले १२, सोमपाल कामी र आरिफ शेखले ११(११, गुल्सन झाले सात, भीम सार्कीले ६, कुशल मल्लले तीन, कुशल भुर्तेलले दुई र ललित राजवंशीले एक रन बनाए।

कतारका लागि अमिर फारुकले चार, ओइस अहमदले तीन, गयान मुनविराले दुई र इक्रामुल्लाह खानले एक विकेट लिए। पछिल्लो समय उच्च लयमा रहेको नेपाली ब्याटिङ कतार सामू अपत्यारिलो रुपमा धराशयी बनेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement