गुजरातलाई हराउँदै नेपालले जित्यो उपाधि


काठमाण्डु – नेपालले भारतमा आयोजित ‘एसएमएस फ्रेन्डसिप कप’क्रिकेटको उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा नेपालले गुजरातलाई १८ रनले पराजित गरेकाे हाे।

१७७ रनको लक्ष्य पाएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५८ रन मात्र बनाउन सक्यो।  अभिनाश बोहराले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए ।

करण केसी र कुशल मल्लले १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले ४७ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७४ रनको इनिङ खेलेका थिए ।

नेपाल अब एसिसी प्रिमियर कप खेल्न ओमान प्रस्थान गर्नेछ।

प्रतिक्रिया दिनुहोस
Advertisement