नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सकाे विमान झापामा अवतरण


काठमाण्डु – बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौँका लागि उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ ।

आज बिहान करिब साढे ७ बजे नेपालगञ्ज विमानस्थलबाट उडेको श्री एयरलाइन्सको ४४० विमान ९:०६ मा चन्द्रगढी विमानस्थलमा अवतरण गरेको विमानमा सवार यात्रु मदनकुमार गौतमले जानकारी दिए ।

काठमाडौंमा भिजिबिलिटी कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement