२०२७ को आईसीसी यू-१९ महिला विश्वकप नेपालले आयोजना गर्ने


काठमाण्डु – नेपालले पहिलो पटक क्रिकेटतर्फ विश्वकप आयोजना गर्ने भएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले आइतबार २०२७ को यू-१९ महिला विश्वकप नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय गरेको हो ।

बोर्ड बैठकबाट २०२४ देखि २०२७ सम्म यू-१९ विश्वकपको आयोजकलाई अनुमोदन गरेको आईसीसीले जनाएको छ । २०२४ को यू-१९ पुरुष विश्वकप श्रीलंका, २०२६ को जिम्बावे र नामिबियाले आयोजना गर्नेछन् । २०२५ को यू-१९ महिला विश्वकप मलेसिया र थाईल्यान्डले आयोजना गर्नेछन् । २०२७ को यु-१९ महिला टि-२० विश्वकप बंगलादेश र नेपालले आयोजना गर्ने माैका पाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement