आयरल्यान्डलाई नेपालले दियो २६९ रनको लक्ष्य


काठमाण्डु – नेपालले आइसीसी विश्वकप छनोटको सातौं स्थानको लागि टेस्ट टोली आयरल्यान्डलाई २६९ रनको लक्ष्य दिएको छ। जिम्बावेको हरारेस्थित ताकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २६८ रन बनाउन सफल भयाे।

नेपालका लागि गुल्सान झाले महत्वपूर्ण अर्धशतकिय पारी खेले । उनले ४२ बलमा ४ चौका र ३ छक्काको मद्धतमा ५७ रनको योगदान गरे । ओपनर अर्जुन साउदले ४८ रन बनाउँदा अर्का ओपनर कुशल भुर्तेल भने ८ रनमै आउट भए । कुशल मल्लले ४४ रन, भीम सार्कीले २० रन, रोहित पौडेलले २९ रन, ज्ञानेन्द्र मल्लले ७ रन जोडे ।

दिपेन्द्र सिंह ऐरी शून्यमै आउट हुँदा सन्दीप लामिछानेले ३२ रन र करन केसीले ४ रन, किशाेर महताेले १ रन बनाए । आयरल्यान्डका लागि मार्क एडेयर, ब्यारी म्याकार्थी र क्रेग यंगले समान दुई दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement