डब्लिनमा मनाइयो ‘नेपाल आयरल्याण्ड डे’


काठमाडौं- नेपाल र आयरल्याण्डबिच कुटनीतिक सम्बन्धको १८ औं वर्षगाँठ पुगेको उपलक्ष्यमा आयरल्याण्डको डब्लिनमा ‘नेपाल आयरल्याण्ड डे २०१७’ मनाइएको छ । नेपालको पर्यटन प्रबद्र्धन गर्न बिभिन्न सांगीतिक कार्यक्रमको आयोजना गरिएको थियो । सयपत्री समुह युके तथा आयरल्याण्डका स्थानिय नेपाली कलाकारहरुको गीत संगीतको प्रस्तुतीले विदेसीहरुले भरपुर मनोरञ्जन लिएका थिए ।

 

आइरिस पर्यटकहरुले नेपाल घुम्दा खिचेका तस्विरहरु पनि प्रर्दशनिमा राखिएको थियो । उक्त कार्यक्रम बेलायत र आयरल्याण्डका लागी नेपाली राजदुत डाक्टर दुर्गा बहादुर सुबेदी, आइरिस सांसद सियन ओ फियरघेलले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए ।

‘विदेसीहरुलाई नेपाल घुम्न प्रोत्साहन गरिरहेका छौं ।’ आयोजक मध्येको एक नेपाल आयरल्याण्ड सोसाइटिका बल श्रेष्ठले भने, ‘गत वर्षको तुलनामा यस वर्ष झण्डै ३० देखी ४० प्रतिशतका दरले त्यो संख्यामा बृद्धि भएको छ ।’

यस वर्ष सगरमाथा आरोहण गर्ने आइरिस नागरिक जोन बुर्के, रोरी म्याकहग्, टेरी केलरले आफ्नो अनुभब बाँडेका थिए । कार्यक्रममा नेपाली हस्तकलाका सामानहरु प्रदर्शनिमा राखिएका थिए । नेपाल आयरल्याण्ड सोसाइटिका अध्यक्ष दिपेशमान शाक्यले अघिल्ला वर्षहरु भन्दा नेपाल पर्यटकहरु घुम्नेको संख्या बढ्नु सकारात्मक रहेको बताए । ‘नेपाल र आयरल्याण्डको सम्बन्ध बलियो बनाउनमा हामी जोड दिनेछौं । साथै शिक्षा, लगानी, प्रबिधी, अनुसन्धान, बाणिज्य तथा ब्यापारमा पनि सहकार्य गर्नेछौं ।’

 

कार्यक्रमको उद्घाटनमा नेपाल आयरल्याण्ड सोसाइटिका महासचिव गंगाराम कडेल र सह सचिब एलिसन इरविन, उपाध्यक्ष जीवन तिमिल्सिनाले धन्यबाद मन्तब्य दिएका थिए । त्यस्तै प्रमुख कोषाध्यक्ष प्रकाश माली र कोषाध्यक्ष बालकृष्ण श्रेष्ठले यो कार्यक्रम सम्पन्न गर्न धेरै दु:ख गर्नु परेको बताए ।

बेलायतस्थित नेपाली राजदुताबास, नेपाल पर्यटन बोर्ड र नेपाल आयरल्याण्ड सोसाइटिको संयुक्त आयोजनामा ‘नेपाल आयरल्याण्ड डे २०१७’ मनाइएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement