नेपाल-भारत सिमानालाई चुस्त राख्‍नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी


काठमाण्डु –  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशबीचको सीमाको सबैले सम्मान गर्नुपर्ने आवश्यकतामा जोड दिएकी छन् ।

शनिबार काठमाडौंमा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र डा. अच्युत गौतमद्वारा लिखित नेपाल-भारत सीमा कूटनीति कालीनदी सन्दर्भमा अन्तर्राष्ट्रिय कानुनको दृष्टि विषय पुस्तक विमोचन गर्दै उनले कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपाली भूभाग भएको बताएकी  हुन्।

उनले नेपालको नक्सामा ती भूभाग समावेशपछि मुलुकमा सार्वभौमिकता,राष्ट्रिय एकता र राष्ट्रियताका सिलसिलामा ऐतिहासिक नयाँ चेतनाको सञ्चार भइरहेको उल्लेख गरिन् । पूर्वराष्ट्रपति भण्डारीले भनिन्,“भौगोलिक अखण्डता र देशप्रेमप्रतिको अटल विश्वास प्रदर्शन भइरहेको छ,नेपाली भूभागको यस विषयलाई व्यावहारिकरुपमा निष्कर्षमा लैजान इतिहासका प्रसङ्गलाई हामीले फेरि एकपटक उच्च महत्वका साथ स्मरण गर्नुपर्छ ।”

मित्रराष्ट्र भारतसँगको सीमाबारे बोल्ने क्रममा उनले दुई देशबीचको भौगोलिक सिमानालाई सम्पूर्ण रुपले चुस्त र स्पष्ट राख्नुपर्ने बताएकी थिइन् । जसले दुई देशबीच सदिऔंदेखिको जनस्तर, सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई थप सुदृढ र सुमधुर बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement