१९५० को सन्धि पुनरावलोकनको खाका तयार पार्ने सहमति : परराष्ट्रमन्त्री ज्ञवाली


काठमाडौं—परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय आयोगका बैठकमा भएको सहमतिबारे संसदलाई जानकारी गराएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सार्वजनिक महत्वको विषयमा समय लिएर बोल्दै मन्त्री ज्ञवालीले सो जानकारी दिएका हुन्।

बैठकले १९५० को सन्धिको पुनरावलोकनको ठोस खाका तय गर्नका लागि दुवै देशका परराष्ट्र सचिवलाई मार्ग चित्र ल्याउन र प्रबुद्ध बर्गको प्रतिवेदन बुझाउनका लागि सचिवालयलाई आवश्यक तयारी गर्न भनेको जानकारी गराए।

बैठकमा १९५० को सन्धिको पुनरावलोकन र नेपाल भारत प्रबुद्ध बर्गको प्रतिवेदन पेस गर्ने सन्दर्भमा पनि छलफल भएको र आवश्यक निर्देशन पनि भएकाले प्रतिवेदन कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको पनि ज्ञवालीले जानकारी दिए।  साथै, ऊर्जा, जलस्रोत, अपराध नियन्त्रण, सम्पर्क सञ्जाल र दुई देशको सीमा सुरक्षाका बारेमा छलफल भएको उनले जानकारी दिए।

बुधबार सम्पन्न नेपाल–भारत संयुक्त आयोगको बैठकबारे सदनलाई जानकारी दिँदै डुबानको समस्या, गौतमबुद्ध र निजगढ विमानस्थल र सीमास्तम्भ, सुस्ता र कालापानीको समस्या, पञ्चेश्वर परियोजना, व्यापार घाटा, परिमाणत्मक भन्सार महशुल दरका बारेमा छलफल भएको बताए।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग विशेष समय माग गर्दै उहाँले जनकपुर जयनगर रेल्वे, खाद्य तथा गुण नियन्त्रण, भूकम्प पुनःनिर्माण, हुलाकी राजमार्ग एवं दुई पक्ष साझा हितका विषयमा गहन छलफल भएको सदनलाई जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
Advertisement