गोवा विधानसभा उपसभामुखले भने, ‘नेपाल-भारत सम्बन्ध अतुलनीय’

गोवा विधानसभा उपसभामुखले भने, ‘नेपाल-भारत सम्बन्ध अतुलनीय’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भारत – गोवा अबको निकास आर्थिक विकास भन्ने मुल नाराका साथ नयाँ शक्ति पार्टी  अन्तराष्ट्रिय  नेपाली समाज गोवा राज्यले हरितालिका तीज मनाएको छ।

अन्तराष्ट्रिय नेपाली समाज संगठनका अध्यक्ष बिष्णु गाहाको सभापतित्वमा गोवा विधानसभा उपसभामुख माइकल लोबोको प्रमुख अतिथि  अन्तराष्ट्रिय नेपाली समाज भारतका महासचिव लोकेन्द्र सेर्पालीको विषेश अतिथिमा कार्यक्रम गरिएको थियो।

कार्यक्रममा गोवा विधानसभा उपसभामुख माइक लोबोले नेपाल र भारतको सम्बन्ध अतुलनीय रहिआएको र नेपाल भारतको सम्बन्ध अन्य छिमेकीसंग तुलना हुन नसक्ने पनि बताए साथै उनले नेपाल र भारतको कला साँस्कृतिक समान रहिआएको समेत बताए ।

 ‘आफ्नो बालबालिकालाई उच्च शिक्षा हासिल गराउनुहोस् त्यसको लागि गोवा सरकार सधैं तपाईहरुको साथमा हुनेछ शिक्षा क्षेत्रनै समृद्धि र विकासको लागि मार्गदर्शन हो त्यसलाई तपाई हरुले फलो गरेर जानुहोस्,’ उनले भने।

अन्तराष्ट्रिय नेपाली समाज भारतका महासचिव लोकेन्द्र सेर्पालीले नेपालको आर्थिक विकास आर्थिक समृद्धिको लागि भारतको साथ जरुरी रहेको बताए । उनले संसारका शक्तिशाली मुलुक मध्य भारत र चिनको विचमा रहेको नेपाल अब गरीबी र भोकमरीको विचमा बस्न नसक्ने समेत बताए।